झाँक्रीले सुध्रिन्छु भने एक पटकलाई मौका दिन्छौं : पाण्डे


२०८२ असार २८ शनिबार १७:४८ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध बोलेको अभिव्यक्ति गल्ती भयो भनेर माफी मागे एक पटकलाई सुध्रिने मौका दिने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अध्यक्षविरुद्धको अभिव्यक्तिले झाँक्रीलाई नै नोक्सानी गरेको दाबी गरे । उनले भने, ‘उहाँले बोल्नु भएको कुरा जगजाहेर छ । जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन । माधव नेपाल स्वच्छ रुपमा अहिले पनि देशको अग्रणी भूमिकामा हुनुहुन्छ । उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन्, पत्याउँदैनन् ।’

सचिव पाण्डेले पार्टीले कस्तो कारबाही गर्ने भन्ने कुरा जवाफमा निर्भर हुने बताए । उनले थपे, ‘उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेर समेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिन्न । हामी सचिवालय बैठक बस्यौँ । छलफल गर्‍यौँ । यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहोर्‍याउने गरी र भोलिका दिनमा अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ । उहाँले कुन खालको रिपोर्ट दिनुहुन्छ, त्यसमा भर पर्छ । जवाफपछि मात्रै यसको टुङ्गो लाग्छ ।’ झाँक्रीलाई गएको सचिवालय बैठकले ७ दिनभित्र माफी मागेर स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको थियो, तर उनले अभिव्यक्ति गलत भयो भनेर माफी नमाग्ने सार्वजनिक रूपमै बताइसकेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७