अहिलेको संघीय संरचना भत्काउनु पर्छ : अध्यक्ष यादव


२०८२ असार २८ शनिबार १९:५३ बजे

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित प्रणाली नभएसम्म लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहेको बताएका छन् । आज (शनिबार) काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा बोल्दै उनले प्रदेशहरुको संरचना घुमाइ घुमाइ बनाइएको बनाइएको जिकिर गरे ।

‘प्रदेशहरुको संरचना, यसरी घुमाइ घुमाइ बनाइएको छ, ७ वटा प्रदेश । एउटा प्रदेश मधेस प्रदेशमा त्यहाँका समुदायको प्रतिनिधित्व छ यद्यपि ८ वटा जिल्ला मात्रै मधेस होइन,’ यादवले भने, ‘बाँकी सबै ६ प्रदेशमा कम संख्या भएको समुदायको हाली मुहाली हुनेगरी बनाइएको छ । यो के हो त भन्दा संरचनागत विभेद हो ।’

उनले भने, ‘जबसम्म नेपालमा यो प्रदेशहरुको आकार पहिचान र सामथ्र्यका आधारमा हुँदैन, लोकतन्त्रलाई समावेशी लोकतन्त्र बनाइँदैन, जनसंख्याका आधारमा प्रतिधित्व हुन पाउँदैन, जबसम्म सबै भाषाहरुलाई समानताका साथ जबसम्म मान्यता दिइँदैन, जबसम्म पुरुष र महिलाको बीचमा राज्यले महिलालाई विभेद जबसम्म गर्छ, राज्यले कायम राख्छ, राज्यले जबसम्म लैंगिक असमानता र विभेद अन्त्य गर्दैन, जबसम्म मधेसी र गैरमधेसी बीचको भेदभावको अन्त्य हुँदैन, जसबम्म दलित र गैरदलितको भेदभावको अन्त्य हुँदैन, जबसम्म आदिवासी र अन्यको बीचमा भेदभावको बीचमा विभेद अन्त्य हुँदैन ।’

अध्यक्ष यादवले समानताका आधारमा न्यायोचित वितरण नभएसम्म सामाजिक न्याय सम्भव नरहेको बताए । उनले समानता र सामाजिक न्याय नभएको ठाउँमा लोकतन्त्रको अर्थ नरहने बताए ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७