प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उदघाटन


२०८२ असार २८ शनिबार १६:११ बजे

–रामकुमार लिम्बू
फिक्कल (इलाम) ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन् । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शैंयाको ‘माई नगर अस्पताल’ को उद्घाटन गरेका हुन् । 

आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको अस्पताल संघीय सरकारको सहयोगमा १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ । नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ । २४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।

अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ । नगरपालिकाबासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्र उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको नगर प्रमुख लिम्बूले बताए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७