रसुवा बाढी : एक असई र दुई चिनियाँ नागरिकको शव त्रिशूली नदीमा भेटियो


२०८२ असार २४ मंगलबार २१:२४ बजे

चितवन । रसुवाको टिमुरे खोलामा बेपत्ता भएका एक प्रहरी असई र दुई चिनियाँ नागरिकको शव त्रिशूली नदीमा भेटिएको छ । बाढीपछि टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरीमध्ये एक जनाको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार असई लालबहादुर श्रेष्ठको शव त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको हो । उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भएकाले उनी ड्यूटीमै थिए भन्ने खुलेको एसपी पुरीले बताए । एसपी पुरीका अनुसार उनको शवलाई भरतपुर अस्पतालमा ल्याइएको छ।

उनको श्रीमतीले श्रेष्ठको पहिचान गरेपछि उनी टिमुरेबाट बाढीमा बेपत्ता असइ भएको खुलेको एसपी पुरीले बताए। यस्तै धादिङस्थित त्रिशूल नदी किनारमा फेला परेको दुई पुरुषको शव चिनियाँ नागरिकको भएको खुलेको छ। भोटेकोशीको बाढीमा हराइरहेका ६ चिनियाँमध्येकै दुई जनाको शव भेटिएको हो । बुधबार बिहान नदीमा शव देखेपछि स्थानीयले खबर गरेका थिए ।

दुई शवमध्ये एउटा धादिङको गल्छी गाउँपालिका–२ केउरेनीटारस्थित त्रिशूली नदी किरानमा र अर्को गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा भेटिएको थियो। उनीहरू सुरई कन्स्ट्रक्सन ग्रुपअन्तर्गत टिमुरे बोर्डरमा एक परियोजनाको कामदार रहेको खुलेको छ।  यसैबीच धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि बाढीले बगाएको थियो। शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिएका छन्।   
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७