निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई अदालतले माग्यो दुई लाख धरौटी


२०८२ असार २४ मंगलबार २१:०८ बजे

काठमाडौं । नेपाल टेलिकमको निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा भ्रष्टाचारको आरोप लागेका पहाडी मंगलबार बिहान अदालतमा हाजिर भएर बयान दिएपछि थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सकिएपछिको थुनछेक बहसपछि दुई लाख धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको हो ।

पहाडी अदालतले माग गरेको धरौटी बुझाएर छुटिसकेकी छन् । पहाडीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७