सांसद बास्कोटाको प्रश्न : भूकम्पमा राहत बाँडे जस्तो १० किलो मल बाँडेर कृषि क्रान्ति हुन्छ ?


२१:५७ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले भूकम्पमा राहत बाँडे जस्तो १० किलो मल बाँडेर कृषिको उत्पादकत्व नबढ्ने बताएका छन् । असार लागेपछि कृषिमन्त्री र मल हराउने अभिशप्त इतिहास दोहोरिएको उनले टिप्पणी गरे ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद बास्कोटाले धान रोप्ने सिजनमा पर्याप्त मलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘कृषिमन्त्रीले भन्नु होला, रन्किनु होला, म यहीं छु भनेर । एउटा अभिशप्त इतिहास दोहोरिन्छ–असार लागेपछि मल र मन्त्री हराउनु पर्ने स्थिति हुन्छ नेपालमा । भूकम्पमा राहत बाँडे जस्तो कृषिको उत्पादन र उत्पादकत्व कसरी हुन्छ ? तत्काल मलको व्यवस्था गरियोस्,’ बास्कोटाले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७