प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन


१६:०९ बजे

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ अनमोदन गरेको छ । समितिको आजको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् ।

समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ । प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उनीहरूको नाम अनुमोदन गरेको हो ।  यसअघि समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी तुल्याउने विषयमा ध्यान दिन सुझाव दिएको थियो । त्यस अवसरमा मन्त्री चौरसियाले न्यायालय र संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी बनाउन संसद्ले लिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७