गण्डकी प्रदेशसभा बैठक बस्दै


१७:१९ बजे
फाइल फोटो

गण्डकी । गण्डकी प्रदेश सरकारको आगामी आव २०८२/८३ को बजेट यही असार १३ गते पारित भएपछि स्थगन भएको प्रदेशसभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका अधिकृत टीकाराम आचार्यले जानकारी दिए ।

विषयगत समितिबाट आएको औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयको प्रतिवेदनमाथि छलफल भएपछि आजकै बैठकबाट विधेयक पारित हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका दस वटा विधेयक प्रदेशसभामा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७