बेनी–दरवाङ सडक पहिरोले अवरुद्ध

काठमाडौं । बेनी–दरवाङ सडक खण्ड अवरुद्ध भएको छ । पहिरो खसेर सडक पुरेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ सडकमा माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ। बिहान ५ः५० बजे खसेको पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले बताएको छ ।