संसद बस्नुअघि सभामुखले राखे कार्य व्यवस्था परामर्श समितिको बैठक


१५:३० बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक राखेका छन् । अहिले बैठक चलिरहेको छ । प्रतिनिधिसभा बैठकअघि सभामुखले कार्यसूचीबारे छलफल गर्न बैठक राखेका हुन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणबारे जानकारी दिने कार्यसूची छ ।

सभामुख घिमिरेले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति गठन भएको औपचारिक जानकारी दिनेलगायतको कार्यसूची छ । यसैबीच रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएका छन् । बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७