स्पेनबाट फर्किदा किन बोलेनन् यस पटक प्रधानमन्त्री ?


०१:१९ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना भएको संयुुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग  लिई आज स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरे । 

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थमा उच्चपदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उनी यही असोज १४ गते त्यसतर्फ गएका थिए ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले  विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट «प्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरे । त्यसक्रममा  प्रधानमन्त्री ओलीले स्पेनका नरेश फिलिपे छैटौँसँग शिष्टाचार भेट तथा समकक्षी सान्चेजसँग पनि भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन क्रममा प्रधानमन्त्री ओलीले सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राखेको थियो । सम्मेलन दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा केन्द्रित थियो ।

प्रधानमन्त्री ओलकासाथ उनकी पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठलगायतको नेपाली प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किएका छन् । आज स्वदेश फर्किदा सबै गतिविधिको विवरण सुनाउन प्रधानमन्त्री ओली यसपालि पत्रकारमाझ आफैं उपस्थित भएनन् । भ्रमणबारे तयार पारेको प्रेस नोट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रसचिव अमृतबहादुर राईले पढेर सुनाए । भ्रमणसम्बन्धी पत्रकारका जिज्ञासाको पनि उनैले जवाफ दिएका थिए ।

विदेश भ्रमणबाट फर्किदा प्रधानमन्त्री स्वयंले नै प्रेसलाई जानकारी नगराएको यो विरलै हुने घटना हो । यसअघि उनी आफै आफ्नो भ्रमणबारे जानकारी गराउन अग्रसर हुन्थे । प्रेस नोट समेत आफैं वाचन गरेर भ्रमणसम्बन्धी पत्रकारका प्रश्नको जवाफ दिन्थे । अन्य प्रधानमन्त्री र विशिष्ट पदाधिकारीले विदेशबाट फर्किएपछि विमानस्थलमा प्रायः भ्रमणबारे जानकारी दिने र सञ्चारकर्मीका जिज्ञासाको सम्बोधन गर्ने स्थापित प्रचलन पनि हो । 

तर, प्रधानमन्त्री ओलीले आज किन सञ्चारकर्मीसँग साक्षात्कार गरेनन् त ? यो जिज्ञासा राख्दा प्रधानमन्त्री सचिवालयले नबोल्ने भनेरै प्रधानमन्त्री नबोलेको बतायो । ‘आज नबोल्ने भनेरै नबोल्नुभएको हो,’ प्रधानमन्त्री ओलीका एक सहयोगीले भने, ‘सधैँ प्रधानमन्त्री बोल्नु पर्छ भन्ने छैन । अरू देशमा राष्ट्र प्रमुख, सरकार प्रमुख फर्कदा परराष्ट्र प्रवक्ताले ब्रिफिङ गर्छन् ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७