वीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन रोक


२३:४८ बजे

काठमाडौं । वीपी राजमार्गमा थप एक महिना रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । यात्रुवाहक गाडीलाई रातको समयमा  वीपी राजमार्ग हुँदै सिन्धुलीको खुर्कोटबाट काठमाडौँ आउन रोक लगाइएको समय थपिएको हो । 

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा नै रहेकाले विपद्को अवस्था सिर्जना हुन नदिन थप ३० दिन निजी र सार्वजनिक यात्रुवाहक गाडी चलाउन नदिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडीलाई रोक लगाएको हो । यसअघि असार २० गतेसम्म गाडी चल्न रोक गाइएकोमा थप ३० दिन थपिएको प्रशासनले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७