करेन्ट लागेर युवकको मृत्यु


२१:४४ बजे

रौतहट । रौतहटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फतुवा बिजयपुर–२ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो । खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया बारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए । उनका अनुसार मृतकको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७