५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर


१२:३९ बजे

काठमाडौं : चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदा पहिलो चरणको ३२ जनाको नियुक्ति बहुमतको रायका आधारमा सदर भएको हो।

 

केपी ओली सरकारले परिषदको कानुन दुई पटक अध्यादेशमार्फत् संशोधन गरेर दुवैपटक नियुक्ति गरेका थिए। दुवै पटकका नियुक्तिविरूद्ध रिट परेका थिए।

पहिलो चरणको नियुक्तीको बिषयमा भने पाँच जनाको इजलासमा तीन न्यायाधीशले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखेका थिए । दोस्रो चरणको २० जनाको नियुक्ति भने सर्वसम्मत रायका आधारमा सदर भएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणको नियुक्ति बदर हुनुपर्ने राय दिएका थिए। तर, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लका साथै न्यायाधीशहरु कुमार चूडाल र मनोजकुमार शर्माले दुवै चरणका नियुक्ति सदर गर्ने र रिट खारेज गर्ने आदेश दिए। यो सबै संवैधानिक पदाधिकारी अब आफ्नो पूरा कार्यकाल पदमा बस्न पाउनेछन्।

पहिलो पटक ११ आयोगमा भएका ३२ नियुक्तिः

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगः प्रमुख आयुक्त प्रेम कुमार राई र निर्वाचन आयुक्तहरू किशोर कुमार सिलवाल, जयबहादुर चन्द।
  • निर्वाचन आयोगः आयुक्तहरू रामप्रसाद भण्डारी र जानकी कुमारी तुलाधर।
  • राष्ट्रिय मानव अधिकार आयोगः अध्यक्ष तपबहादुर मगर र सदस्यहरू सूर्यप्रसाद शर्मा ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली हजुर बस्न्यात।
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगः सदस्यहरू जुद्धबहादुर गुरूङ, अमरराज मिश्र।
  • राष्ट्रिय महिला आयोगः अध्यक्ष कमला कुमारी पराजुली र सदस्यहरू कृष्णकुमारी पौडेल, विद्याकुमारी सिन्हा। 
  • राष्ट्रिय दलित आयोगः अध्यक्ष देवराज विश्वकर्मा र सदस्यहरू मीनादेवी सोब, टुन्जे कामी र मेहले पार्की।
  • राष्ट्रिय समावेशी आयोगः सदस्यहरू रामचन्द्र जोशी, हरिदत्त जोशी।
  • आदिवासी जनजाति आयोगः अध्यक्ष रामबहादुर थापा मगर र सदस्यहरू मीन बहादुर श्रीस, रिना राना, शरण राई।
  • मधेसी आयोगः सदस्यहरू जीवछ साह, रेणुदेवी साह, विजय कुमार गुप्ता।
  • थारू आयोगः सदस्यहरू सुवोधसिंह थारू, भोलाराम चौधरी।
  • मुस्लिम आयोगः सदस्यहरू महमदिन अलि, मिर्जा अर्सद वेग।

दोस्रो पटक ११ आयोगमा भएका २० नियुक्तिः

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगः आयुक्तहरू हरि पौडेल, सुमित्रा श्रेष्ठ।
  • लोक सेवा आयोगः अध्यक्ष माधवप्रसाद रेग्मी र सदस्यहरू माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मन्जु कुमारी।
  • निर्वाचन आयोगः निर्वाचन आयुक्त सगुन शमसेर जबरा।
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगः सदस्यहरू विपीनराज निरौला।
  • राष्ट्रिय महिला आयोगः सदस्यहरू जया घिमिरे, सावित्रा कुमारी शर्मा।
  • राष्ट्रिय दलित आयोगः सदस्य सुन्दर पुर्कुटी।
  • राष्ट्रिय समावेशी आयोगः अध्यक्ष रामकृष्ण तिमिल्सिना र सदस्यहरू पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री। 
  • आदिवासी जनजाति आयोगः सदस्य सूर्यबहादुर गुरूङ।
  • मधेसी आयोगः सदस्य आभा कुमारी।
  • थारू आयोगः सदस्यहरू उमाशंकर प्रसाद चौधरी, शान्ति मोदी।
  • मुस्लिम आयोगः सदस्य मोहम्मद समशुल हक।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७