पक्राउ परेका काठमाडौं भ्युटावरका ठेकेदार भेटवाल सुटुक्क अस्पताल भर्ना


२०८२ असार १५ आइतबार २१:४७ बजे

काठमाडौं । काठमाडौं भ्यूटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएको पाइएको छ । शुक्रबार पक्राउ परेका भेटवाललाई प्रहरीले सोही राति ह्याम्स अस्पतालमा भर्ना गरेको हो । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका उनलाई प्रहरीले सुरूमा वीर अस्पताल लगेको थियो । त्यहाँबाट ह्याम्स अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

‘उहाँलाई दमको बिरामी छ भनिएको थियो । सुरूमा वीर लगेको थियौं । त्यहाँबाट ह्याम्स लगिएको हो,’ उनले भने । अस्पतालले पनि भेटुवाल शुक्रबार भर्ना भएको पुष्टि गरेको छ । क्याबिन नम्बर ८१२ मा राखेर  उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । ठेकेदार भेटवाल शुक्रबार बिहान पक्राउ परेका थिए । तर उनी पक्राउ परेकोबारे एसपी बोहरा लगायतका अधिकृतहरूले गोप्य राखेका थिए । अबेर राति मात्रै एसपी बोहराले उनी पक्राउ परेको प्रेस विज्ञप्ति जारी गरेका थिए । भेटवालमाथि अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थप गर्ने तयारी रहेको एसपी बोहराले जानकारी दिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७