भिटिज भिसामा गृहमन्त्रीको संलग्नताबारे देउवा : बेकारको झूटा कुरा

‘महाधिवेशन निर्धारित समयमै हुन्छ’


२०८२ असार १३ शुक्रबार १७:२४ बजे

चितवन । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै पार्टीको महाधिवेशन हुने बताएका छन् । आज (बिहीबार) चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग सभापति देउवाले निर्धारित समयमा नै महाधिवेशन हुने बताएका हुन् ।  

उनले कांग्रेस र एमाले फरक–फरक दल भएकाले कतिपय निर्णयमा एकमत नहुनु सामान्य कुरा भएको धारणा राखेका छन् । सभापति देउवाले कांग्रेसको आग्रहपछि टेक एन्ड पे हटाएको भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह समेत गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे सोधिएको प्रश्नमा भने, ‘कहाँबाट हुनु नि । बेकारको झूटा कुरा हो । सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध झुटा आरोप लगाउने प्रयास भएको आरोप लगाए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७