इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पको स्वीकृति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरेका छन्। तर आक्रमण गर्ने विषयमा अन्तिम निर्णय भने लिइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले इरानका भूमिगत आणविक संरचनाहरूलाई निशाना बनाउने बंकर–बस्टिङ बमसमेत प्रयोग गर्न सकिने सैन्य योजनाबारे समीक्षा गरिरहेको जनाइएको छ।
ट्रम्पले आक्रमण योजनाको समीक्षा गरिसकेको भए पनि, इरान आफ्नो आणविक कार्यक्रमबाट पछि हट्छ कि हट्दैन भनेर कुर्न चाहेका छन। यसैबीच, इरान, रूस, चीन, पाकिस्तान र अल्जेरियाको आग्रहमा शुक्रबार संयुक्त राष्ट्र संघको आकस्मिक बैठक बोलाउने निर्णय गरेको छ। हालैको द्वन्द्वका सम्बन्धमा बोलाइएको यो दोस्रो छलफल हो। इरान र इजरायलबीचको तनाव बुधबार राति सातौं दिन पनि जारी रहेको छ भने इरानले प्रहार गरेको ड्रोन नष्ट गरेको इजरायली सेनाले जनाएको छ।