मलेसियाका नेपाली राजदूत तिम्सिनालाई फिलिपिन्सको पनि जिम्मेवारी


२०८२ असार ५ बिहीबार १८:३१ बजे

काठमाडौं । मलेसियाका लागि नेपालका राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई फिलिपिन्सको पनि जिम्मेवारी दिइएको छ। मलेसियाका आवासीय राजदूतका रूपका कार्यरत डा. तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा  डा. तिम्सिनालाई फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७