अमेरिकी, बेलायती र फ्रान्सको सैन्य अड्डामा आक्रमण गर्ने इरानको चेतावनी


२०८२ जेठ ३१ शनिबार ०८:१८ बजे

काठमाडौं । इरानले अमेरिका, बेलायत र फ्रान्सलाई उनीहरूका सैन्य अड्डामा आक्रमण गर्ने चेतावनी दिएको छ। इजरायलमाथि गरिएको इरानी जवाफी प्रहारलाई अवरुद्ध गर्न सहयोग गरे, उनीहरूको सैन्य अड्डा र युद्धपोतहरू निशानामा पर्ने इरानको भनाइ छ। 

इजरायलले इरानका आणविक र सैनिक केन्द्रमा आक्रमण गरेपछि इरानले शनिबार व्यापक रूपमा मिसाइल र ड्रोन प्रहार गरेको छ । जवाफस्वरूप इरानबाट प्रक्षेपित मिसाइल र ड्रोनहरूले इजरायलमा कम्तीमा चार जनाको मृत्यु गराएको र दर्जनौं घाइते बनाएको छ।

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले इजरायललाई ‘गम्भीर दण्ड भोग्नुपर्ने’ चेतावनी दिँदै आक्रमणको कडा आलोचना गरेका छन्। इजरायलका रक्षा मन्त्री इस्राएल काट्जले जवाफमा भनेका छन्, ‘यदि तेहरानबाट मिसाइल प्रहार जारी रह्यो भने, तेहरान आफैं जल्नेछ।’

इजरायली सेनाका अनुसार इरानले हालसम्म २०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र सोभन्दा धेरै ड्रोन प्रक्षेपण गरिसकेको छ। जसको ठुलो हिस्सा अवरोध गरिएको दाबी गरिएको छ। इजरायली सेनाले जवाफी कारबाहीमा इरानभित्र १५० भन्दा बढी सैन्य र रणनीतिक लक्ष्यमाथि सयौं बम खसालेको दाबी गरेको छ। 

शनिबार बिहान दर्जनौं लडाकु विमानहरूले तेहरानको हवाई सुरक्षा प्रणालीलाई निशाना बनाउँदै आक्रमण गरेका थिए। इरानी राज्य सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको एक आवासीय क्षेत्रमा गरिएको इजरायली आक्रमणमा ६० जनाको मृत्यु भएको छ, जसमा २० जना बालबालिका थिए। राजधानीस्थित मेहराबाद विमानस्थलमा रहेको लडाकु विमानको ह्याङ्गर पनि निशाना बनेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७