बेलिब्रिज खस्दा घाइते तीन मजदुरको मृत्यु


२०८२ असार १ आइतबार १८:२४ बजे

पाँचथर । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन्।

गम्भीर घाइते भएका उनीहरुलाई  पाँचथर अस्पतालबाट थप उपचारका मोरङको  विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ।

२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो। जडान नसकिँदै बेलिब्रिज खसेको हो। बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए। हेवाखोला पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७