सभामुखले मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई छलफलमा बोलाए


२०८२ असार १ आइतबार १८:५३ बजे
फाइल फोटो

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई छलफलका लागि सिंहदरबार बोलाएका छन्। सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार आज बिहान ९ बजे संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्। 

यस अगाडि संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुने र २३ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा स्पष्टीकरण दिने कार्यतालिका थियो।

जेठ १३ गतेदेखि संसद अवरोध भएका कारण बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ। विपक्षी दलले संसद अवरोध गरेपछि कार्यतालिका प्रभावित भएकाले नयाँ कार्यतालिका बनाउन लागिएको संसद् सचिवालयले जनाएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७