यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


२०८२ जेठ ३० शुक्रबार ०३:५८ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४३  पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६  पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५३ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७