मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट


२०८२ जेठ ३० शुक्रबार १६:५४ बजे

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग चीनका राजदूत चेन सोङले आज शिष्टाचार भेटवार्ता गरेका छन्।  मुख्यमन्त्री कार्कीसँग राजदूत सोङको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो।

सो अवसरमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। भेटवार्ताका क्रममा मुख्यमन्त्री कार्कीले कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्न राजदूत सोङलाई आग्रह गरे। उनले किमाथाङ्का–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।

सो अवसरमा राजदूत सोङले प्रदेशको  कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए । राजदूत सोङले किमाथाङ्का क्षेत्रमा चीनतर्फको सडक निर्माण सम्पन्न भएको र नेपालतर्फ काम हुन नसकेको विषयमा जिज्ञासा राखेका थिए।

उनले नेपालतर्फको भागमा निर्माणमा ध्यान दिनुपर्ने कुरामा जोड दिएको मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ। राजदूत सोङ केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा छन्। उनले इलामलगायत प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरूको निरीक्षण गरेका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७