भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ : संघीय लोकतान्त्रिक मोर्चा

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेको छ। मोर्चाका तर्फबाट राजेन्द्र महतोको हस्ताक्षरमा जारी विज्ञप्तिमा भ्रष्टाचारमा संग्लन अपराधीहरुउपर कडा कारबाही गर्नुपर्ने निर्णय पनि मोर्चाले गरेको उल्लेख छ।
मोर्चाको आज (शुक्रबार) को बैठकले आदिवासी जनजातिका सवालमा काम गरिरहेका दल र संगठनहरुबीच सहकार्य गर्ने र त्यसका लागि संवाद सुरु गर्ने निर्णय पनि गरेको छ। मोर्चाले भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा मृत्यु भएकाप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ।
बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव, राजकिशोर यादव, रामकुमार शर्मा, लोसपा नेपालबाट महन्थ ठाकुर, ज्ञानेन्द्र झा, मुकेश झा, जनमतबाट अब्दुल खान सहभागी थिए। यस्तै राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा, अनिल महासेठ, चन्द्रनारायण चौधरी, नागरिक उन्मुक्तिबाट लालबिर चौधरी तथा जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी र डा.शिवजी यादव उपस्थित थिए । तमलोपाबाट वृषेशचन्द्र लाल सहभागी थिए।