अहमदाबाद विमान दुर्घटना : २४१ जनाको मृत्यु, एक घाइतेको उपचार हुँदै


२०८२ जेठ ३० शुक्रबार ०४:१९ बजे

काठमाडौं । २४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि भएको छ। एयर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो उडान नम्बर एआई १७१ मा रहेका २४२ जना यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि गरेको हो । 

मृतकहरूमा २४१ यात्रु र चालक दलका सदस्यहरू छन् । केवल एक जना जीवित यात्रुको अस्पतालमा उपचार भइरहेको छ। विमान दुर्घटनामा बाँचेका एक यात्रु भारतीय मूलका बेलायती नागरिक हुन्। एयर इन्डियाले यात्रुहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना पोर्चुगिज र एक जना क्यानेडियन नागरिक रहेको बताएको छ।

गुजरातस्थित अहमदाबादमा बिहीबार दिउँसो २४२ यात्रु बोकेर लण्डन जाँदै गरेको एअर इण्डियाको विमान टेकअफकै क्रममा दुर्घटनाग्रस्त भएको थियो। एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विमान उड्नासाथ दुर्घटनाग्रस्त भएको थियो। यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो।’ विमान बिहीबार दिउँसो १ः३८ बजे अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाटबाट उडेको २ मिनेटमै खसेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७