नेपालका कम्युनिष्टलाई कम्युनिष्ट भन्न मिल्दैन : सभापति देउवा

‘शिक्षकको तलब बढाउन पहल गर्छु’ 


२०८२ जेठ २९ बिहीबार ००:०८ बजे

 काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन्। बिहीवार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्टहरु विश्वमै सक्किसकेको बताउँदै नेपालमा भने केही बढिरहेको उल्लेख गरे। 

उनले अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरु जस्तो नरहेको जिकिर गरे। कम्युनिष्टहरु अहिले डेमोक्रेट भइसकेको बताउँदै आजका कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क गरे। अहिलेको संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उनीहरूलाई कम्युनिष्ट भनिरहनु नपर्ने उनले बताए। 

‘शिक्षकको तलब बढाउन पहल गर्छु’ 
सभापति शेरबहादुर देउवाले शिक्षकहरूको तलब बढाउन पहल गर्ने बताएका छन्। नेपालको अर्थतन्त्र कमजोर रहेको र अर्थमन्त्रीले पैसा छैन भनिरहेको भन्दै उनले शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए।

‘नेपालको अर्थतन्त्रले पनि धान्नु पर्‍यो । अर्थमन्त्री भन्छन् पैसा नै छैन । त्यस्तो अवस्था छ। शिक्षक साथीहरु सबैलाई तलब बढाउन परेको छ । यसले पुग्दैन,’ देउवाले भने, ‘समयअनुसार धेरै महंगी बढेको छ। तलबले पुग्दैन । त्यस्तो अवस्था छ। यस्तो किसिमको बाटो निकाल्नु पर्छ हामी सबैले। म पनि सरकारसँग कुरा गरौँला।’

शिक्षकका जायज मागहरुलाई केही हदसम्म भए पनि पूरा गर्ने विश्वास आफूले लिएको देउवाले बताए। सभापति देउवाले शिक्षकहरुले नेपालको राजनीतिक आन्दोलन बाहेक पनि अन्य धेरै विषयमा सहयोग गरिरहेको पनि बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७