सकियो अनेरास्ववियुको मतदान, आजै गणना


२०८२ जेठ २९ बिहीबार २२:४५ बजे

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।केहीबेर अघि मतदान सकिएको हो। मतदान सकिएसँगै आजै केहीबेरमा मतगणना सुरु हुने निर्वाचन समितिले बताएको छ।

१,५५१ मतदातामा रहेको अखिलमा १,४५० मत खसेको छ। विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। डेढ घण्टाभित्र मत परिणाम सार्वजनिक हुने बताइएको छ। मतदान भर्खरै सकिएपछि १० बजेदेखि मतगणना गर्ने तयारी रहेको छ ।

अनेरास्ववियुको अध्यक्ष पदमा प्रकाश पौडेल र सुजन कडरियाबीच प्रतिस्पर्धा छ। दुवै जना प्यानलसहित मैदानमा छन्। कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो। पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७