उपराष्ट्रपति यादव रुसको राष्ट्रिय दिवसमा


२०८२ जेठ २८ बुधबार २३:५३ बजे

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सी ए. नोभीकोभले आयोजना गरेको उक्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, उपसभामुख इन्दिरा राना, सांसद, प्रधानसेनापति अशोकराज सिग्देल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, पूर्वमन्त्री, नेपाल सरकारका वरिष्ठ अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । त्यस अवसरमा रुसी सांगीतिक टोलीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७