सप्तकोशीमा गोताखोर बेपत्ता घटनाबारे बुझ्न सशस्त्र हेडक्वार्टरमा गृहमन्त्री 


२०८२ जेठ २३ शुक्रबार १०:५५ बजे
फाइल फोटो

काठमाडौं । सप्तकोशी नदीमा सशस्त्र प्रहरी बलका दुई गोताखोर बेपत्ता भएको घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी हेडक्वार्टरमा जाँदैछन् । गृहमन्त्री लेखक शुक्रबार बिहान सिंहदरबारबाट घटनाबारे ब्रिफिङ लिन हेडक्वार्टर गएको सचिवालयले जनाएको छ । उनीसँगै प्रतिनिधि सभाको राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडा पनि हलचोक पुगेका छन् । 

हाल सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल नेपालमा छैनन् । मन्त्री लेखकले कार्यवाहक संगठन प्रमुख एवं एआइजी नारायणदत्त पौडेलबाट घटनाबारे ब्रिफिङ लिने जनाइएको छ । बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा  मनसुनजन्य विपद्को पूर्व तयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए ।

शुक्रबार बिहान हरदेव राजवंशीको शव झण्डै तीन किलोमिटर तल फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । बेपत्ता अर्का एक जनाको खोजी जारी छ। दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए । त्यसयता उद्धारका लागि विभिन्न ठाउँमा खटिएका पनि थिए। खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपीको कमाण्डमा  ४ जना गोताखोर सहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपीको कमाण्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए । थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल  विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा ५ जना गोताखोरलाइ बिहीबार राति नै त्यसतर्फ पठाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७