माधव नेपाललाई शम्भु थापाको सुझाव : मुद्दा अदालत पुगिसक्यो, गएर बयान दिनुस्


२०:४९ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको विषयमा कानुन व्यवसायीसँग परामर्श गरेका छन् ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेलगत्तै रौतहटबाट काठमाडौँ फर्किएका नेपालले वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीसँग परामर्श गरेका हुन्। नेपालले उनीहरूसँग आफूविरुद्धको मुद्दामा अब के हुन्छ भनेर जिज्ञासा राखेका थिए । जवाफमा वरिष्ठ अधिवक्ता थापाले भने, ‘अब अरु विकल्प छैन । मुद्दा अदालत पुगिसक्यो । अभियोग पत्र लिएर अध्ययन गर्नुस् र बयानका लागि अदालत जानुस्।’ 

छलफलमा पार्टीका केही शीर्ष नेताहरू पनि सहभागी थिए।  कानुन व्यवसायीसँग छलफल लगत्तै अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीको आकस्मिक बैठक बसिरहेको छ  पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको र त्यसमा पूर्व प्रधानमन्त्री नेपालले सहयोग गरेको पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार मागदाबीसहित मुद्दा दायर भएको छ। अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अध्यक्ष नेपालसहित नेकपा एकीकृत समाजवादीका नेताहरुले प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा प्रतिशोध राखेर आफूविरुद्ध मुद्दा दर्ता गराएको दाबी गर्दै आइरहेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७