श्रद्धाञ्जली कार्यक्रमको ब्यानरमा राखिएन दीपेन्द्रको तस्वीर

काठमाडौं । दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारको सम्झनामा आज (सोमबार) कमलादीको गणेश मन्दिरमा दीप प्रज्ज्वलन गरियो। कार्यक्रममा एउटा पोस्टर सजाइएको थियो, जसमा दरबार हत्याकाण्डमा निधन भएकाहरुको तस्वीर अंकित गरिएको छ।
सोमबार राजावादी समूहहरूद्वारा आयोजित श्रद्धाञ्जली तथा दीप प्रज्वलनमा राखिएको तस्वीरमा दीपेन्द्र बाहेक १९ जेठ २०५८ मा मारिएका राजपरिवारका सबै सदस्यको तस्वीर छ । अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ धीरेन्द्र शाह, उनकी पत्नी शान्तिसँगै श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाह मारिएका थिए।
‘दिवङ्गत राजपरिवारका सदस्यहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण’ लेखिएको ब्यानरमा दरबार हत्याकाण्डमा मारिएका सबै सदस्यहरूको तस्वीर राख्दा दीपेन्द्रको भने छैन। कमलादीको गणेश मन्दिरमा पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयेन्द्र शाह पुगेका छन्।
उनीहरूलाई मन्दिर परिसरमा उपस्थित समर्थकहरूले स्वागत गरेका छन्। कुनै प्राविधक त्रुटिले नभएर सुझबुझका साथ उनको तस्वीर नराखिएको हो। कारण उनी हत्याकाण्डका मुख्य आरोपी हुन्। हत्याकाण्डको छानबिन गर्न गठित आयोगले उनले नै सबैको त्या गरेको ठहर्याएको थियो ।