बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्केर भीषण आगलागी


०७:३७ बजे

 बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–८ मा स्थित बाम्का बजारमा ग्यास सिलिण्डर पड्केर भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास बम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर पड्किएर आगलागी भएको हो। दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए।

‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन। पूरै बजारमा ठूलो क्षति भयो’, उनले भने। एक लाइनमा करिब ३०–३५ पसल थिए। ती पसलमा आगलागीबाट क्षति भएको उनले बताए। मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७