वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत


०९:५० बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

निवर्तमान अध्यक्ष सुबोध शेर्पाली नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकांक्षी थिए । महासचिव गणेश शाही चयन भएका छन् । अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले जनाएका छन् । 

२०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओली २०५७ सालदेखि अनेरास्ववियु (क्रान्तिकारी) मा लागेका थिए । २०५९ बाट पार्टीको पूर्णकालीन सदस्य भए । ‘ढाडमा टेकेर टाउको’ मा हान्ने पार्टीको प्रत्याक्रमण रणनीतिक योजना अन्तर्गत २०६१ मा गण्डक क्षेत्रमा सरुवा भएका थिए ।

२०६१ माघ १९ मा शाही सरकारले गराएको नगर निर्वाचन बिफल पार्ने क्रममा आन्तरिक बम विष्फोटनमा गम्भीर घाइते भएका थिए । २०६३ मा झक्कु सुवेदीसँगै जिल्ला समिति सदस्य भएर काठमाडौँ सरुवा भए । २०६३ सालमा भक्तपुर वाईसीएल सचिवालय सदस्य भए । २०७४ सालमा रामप्रसाद सापकोटा वाईसीएलको अध्यक्ष हुँदा उनी सचिव थिए । २०७९ सालमा उपमहासचिव तथा प्रचार विभाग प्रमुख भएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७