संसद भवनमा विपक्षी दलहरुको बैठक


२०८२ जेठ १४ बुधबार १८:१५ बजे
फाइल फोटो

काठमाडौं । संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरुको बैठक जारी छ। बानेश्वरस्थित संसद भवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा बैठक बसेको हो। बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) का नेताहरू सहभागी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी छैन।

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् । सदन कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि दलहरू जुटेका हुन्। आजको बैठक पनि अवरुद्ध गर्ने तयारी विपक्षी दलहरुले गरेका छन् । गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै हिजो पनि विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका थिए ।

विपक्षीको अवरोधकै कारण हिजो अर्थमन्त्रीले आर्थिक सर्वेक्षण समेत संसदमा प्रस्तुत गर्न सकेनन्। भोलि संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुपर्नेछ। गृहमन्त्री लेखकका निकस्थ उच्च अधिकारीहरू भिजिट भिसा प्रकरणमा अनुसन्धानमा तानिएपछि त्यसमा नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने र स्वतन्त्र छानबिनका लागि सघाउनुपर्ने माग विपक्षी दलहरूको छ । नेपाली कांग्रेसले भने मातहत कर्मचारी अनुसन्धानमा तानिँदैमा मन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७