विपक्षी दलहरुको निर्णय : बजेट पेस गर्न दिने, गृहमन्त्रीकाे राजीनामा माग कायमै


२०८२ जेठ १४ बुधबार २२:३० बजे

काठमाडौं । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग कायमै राख्दै मध्यमार्गी बाटो लिने निर्णय गरेका छन्। आज (बुधबार) बसेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको काम यथावत राख्दै बजेट भने पेस गर्न दिने निर्णय गरेका हुन् । ‘बजेट आउने दिन संविधानमा किटान गरेको कुरा छ । यसलाई हामीले मान्नै पर्छ अटेर हुने कुरा भएन,’ बैठकमा भएको निष्कर्ष सुनाउँदै माओवादी सांसद लेखनाथ दाहालले भने, ‘बजेट पेस हुने बैठकमा चाहिँ लचिलो हुने भन्ने छ ।’ 

उक्त बैठकले गृहमन्त्रीको राजीनामा नै विपक्षीको बटम लाइन भएको निर्णय गरेको पनि उनले सुनाए ।   यसैबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन् । संसद् भवनमा प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए । कुराकानीमा प्रचण्डसँग ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा उनले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने  र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी छन् । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन् । कांग्रेस पदाधिकारी बैठकले त उनले राजीनामा नदिने निर्णय नै गरिसकेको छ । आजको बैठकमा लेखकले जवाफ दिने तयारी गरेका थिए । तर विपक्षीले अवरोध गरेपछि ११ बजे भनिएको बैठक १ बजे सुरु भए पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७