१०० विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम : प्रतिविद्यालय २५ लाख अनुदान


२०८२ जेठ १५ बिहीबार १४:१४ बजे

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिने नीति लिएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेटमा त्यस विषय राखेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । ‘अंग्रेजी, विज्ञान र गणित विषयको शिक्षकहरूको अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिनेछ,’ पौडेलले भने । यस्तै सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो संख्यालाई ध्यान दिएर कार्यक्रम अघि बढाइएको पनि उनले बताए । 

‘शिक्षक र विद्यार्थी संस्था तथा भौगोलिक दूरी र यातायात सुविधाका आधारमा विद्यालयको पुनः नक्सांकन गरिनेछ,’ पौडेलले थपे,  ‘नक्सांकनका आधारमा विद्यालय गाभ्न नीति लिइनेछ । गाएिका विद्यालयका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरेको छु । शिक्षक दरबन्दीको पुनरवलोकन गरिनेछ। शिक्षकको क्षमता वृद्धि गर्न आवधिक रुपमा तालिमको प्रबन्ध गरिनेछ ।’

उनका अनुसार संस्थागत समाजिक उत्तरदायित्वको दायरा विस्तार गरी विद्यालय शिक्षाको नतिजा र गुणस्तर सुधारमा समेत प्रयोग गर्नसक्ने नीति लिइनेछ। सामुदायिक र संस्थागत विद्यालयका सफल व्यवस्थापनका अब्बल अभ्यासलाई अन्य सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सदुपयोग गरिनेछ । 

आफ्नो भविष्य आफैँ निर्माण गर्न सक्ने, क्षमतावान्, उद्यमशील र उत्पादक मानव पुँजीको विकास गरिनेछ। शिक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाइनेछ।  प्रत्येक जिल्लामा कम्तीमा एक विद्यालय पर्ने गरी सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ । यस्ता विद्यालयले अन्य विद्यालयको नतिजा सुधारका लागि सहयोग गर्ने व्यवस्था मिलाइनेछ। यस कार्यका लागि प्रतिविद्यालय २५ लाख अनुदान प्रदान गरिनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७