गभर्नर पौडेलविरुद्धको रिटमा आज पेसी


२०८२ जेठ १४ बुधबार १३:०८ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्धको रिटमा आज (बुधबार) लाई पेसी तोकिएको छ। नियुक्तिको दोस्रो दिन नै लगिएको रिट मंगलबार दर्ता भएपछि बुधबार( आज)का लागि पेसी तोकिएको हो । 

सर्वोच्च अदालत प्रशासनले रिटमा बुधबारको पेसी तोकेको रिटकर्तामध्येका अधिवक्ता अनन्त लुइँटेलले जानकारी दिएका छन्। गभर्नर नियुक्ति बदरको माग गर्दै पेस भएको रिट निवेदन पाँच दिनको अध्ययन र छलफलपछि मंगलबार मात्रै दर्ता भएको हो।

रिटमा गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाउँदै नियुक्ति बदर गर्न माग गरिएको छ। राष्ट्र बैंकजस्तो संवेदनशील निकायमा प्रक्रिया विपरीत नियुक्ति भएका र शैक्षिक योग्यता समेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् । पौडेल जेठ ६ गते गभर्नर नियुक्त भएका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७