राप्रपाले भन्यो–हाम्रा कार्यकर्ता–समर्थकलाई नाकामा अनावश्यक सोधपुछ भइरहेको छ


२०८२ जेठ १५ बिहीबार १६:२३ बजे
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनका लागि काठमाडौँ आउँदै गरेका राजावादीलाई विभिन्न नाकामा अवरोध भइरहेको आरोप लगाएको छ । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै काठमाडौँ आइरहेकारुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको सूचना प्राप्त भएको बताएका छन् । ‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौँ आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सूचना आएको छ । त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । 

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थालाई चुनौती दिँदै आन्दोलन सुरु गरेका छन् । यसैबीच प्रहरीले काठमाडौँको नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा केही समय सडक अवरुद्ध हुन पुगेको जनाएको छ ।  दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो । सो बसले सडकको केही भाग अवरुद्ध हुँदा सडक जाम भएको प्रहरीको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७