काठमाडौंमा तय लोकसेवाको परीक्षा स्थगित


२०८२ जेठ १३ मंगलबार ०४:३८ बजे

काठमाडौं । लोकसेवा आयोगको यही जेठ १५ गते काठमाडौंमा तय भएको परीक्षा स्थगित भएको छ। सोही दिन सरकारको नेतृत्वकर्ता नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो।

जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो । परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७