युवा संघमा क्षितिज थेबेको प्यानलै निर्वाचित


२०८२ जेठ १३ मंगलबार ०६:०२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष समेत रहेका क्षितिज थेबेको प्यानलै विजयी भएको हो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए । यस पटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए । पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे ।

निर्वाचनमा १४०४ मत खसेको थियो । थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे । यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ । निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७