रास्वपाले माग्यो भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग


२०८२ जेठ १३ मंगलबार ०४:३४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएको छ। रास्वपाका सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन्। 

‘संगठित ढंगले गरिएको भ्रष्टाचारको निष्पक्ष अनुसन्धान हुनुपर्छ संगठित अपराध र सम्पत्ति शुद्धीकरण हेर्ने गरी छानबिन गर्न एक उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसद् चल्न सक्दैन’, उनले भने। उनले भिजिट भिसा प्रकरण कर्मचारीले नागरिकता बनाउन घुस मागेको जस्तो विषय नभएको बताए।

‘एक कर्मचारीले नागरिकता बनाउन गएको बेला घुस मागेको जस्तो विषय होइन। मेनपावरदेखि एयरलाइन्ससम्म कर्मचारीदेखि मन्त्रीसम्मको सचिवालय जोडिएको छ। प्रश्न गृहमन्त्रीमाथि उठेको छ। अनुसन्धान हुनुपर्छ। राजीनामा आउनु पर्छ’, उनले भने।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७