माधव नेपाललाई एमालेको जवाफ : प्रधानमन्त्रीलाई जोडेर अभिव्यक्ति नदिनू, स्वाथ्यलाई राम्रो गर्दैन


२१:२५ बजे
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद महेश बर्तौलाले माधव नेपालले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएको भन्दै आपत्ति जनाएका छन् ।

आज (बिहीबार) संसद भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले संवैधानिक आयोगहरूले गरेका काम प्रक्रियामा प्रधानमन्त्रीले गर्‍यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुको फितलो टिप्पणी गर्नु उपयुक्त नहुने बताएका हुन् ।

उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अरू केही नभएपछि यस प्रकारको आरोप लगाउने कुरा गर्नु उपयुक्त होइन । यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन। संवैधानिक आयोगहरूले गरेका काम प्रक्रियामा हरेक कार्यमा प्रधानमन्त्रीले गर्‍यो भनेर आरोप लगाउँदै जाने र राज्यका अंगहरुप्रति यस प्रकारको फितलो टिप्पणी गर्नु राम्रो हुँदैन ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७