नाम्खा हिमपहिरो : अध्ययन टोलीले भेट्टायो ५,३५० मिटरको उचाइमा तीन हिमताल


२०८२ जेठ १२ सोमबार ०१:४० बजे

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका—६, तिलगाउँमा गएको हिमपहिरो र बाढीबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले तीन वटा हिमताल पत्ता लगाएको छ। पछिल्लो पटक अध्ययन गर्न गएको प्राविधिक टोलीले ५,३५० मिटर उचाइमा  तीन वटा हिमताल रहेको पत्ता लगाएको हो।  यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल भेटिएको बताएकामा अध्ययन टोलीले तीन वटा भएको पुष्टि गरेको हो। 

उक्त अध्ययन टोलीले हिमतालहरूको विषयमा अध्ययन गरिरहेको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिए। अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन्। 

यही जेठ १ गते राति बाढी र सुख्खा पहिरोका कारण तल्लो तटीय क्षेत्र नाम्खा गाउँपालिका–६  तिलगाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका थिए। हिमताल फुटेकाले बाढी आएको आशंका गरिएको छ। बाढी र पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयहरू गाउँभन्दा केही पर एक विद्यालयमा आश्रय लिइरहेका छन्। ५,३५० मिटर उचाइमा अर्काे ताल भेटिएको जनाए पनि सरकारी टोलीले बाढीपहिरो आउनुको निष्कर्ष भने सार्वजनिक गरेको छैन।

बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन्। करिब ५,३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको टोलीमा सहभागी सदस्यले बताएका छन्। यसअघि स्थानीय आफै पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाउने प्रयास गरेका थिए। तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७