राजावादीका गतिविधि जनविरोधी : महासचिव पोखरेल


२०८२ जेठ १२ सोमबार ०१:३५ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरू जनविरोधी भएका आरोप लगाएका छन् । लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिसँग सिङ्गो पार्टी एक ढिक्का भएर जुध्नु पर्नेमा उनले बताएका छन् । 

जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि जनसंगठन पदाधिकारीको बैठकमा उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पंक्ति क्रियाशील हुनु पर्दछ ।’

गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष उत्सवको रूपमा मनाउन लागेको उनले बताएका छन् । पार्टी सचिवालयको ५२ औं बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध संगठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७