ग्यास विष्फोट हुँदा दाजु–बहिनीको मृत्यु


२०८२ जेठ १२ सोमबार ०१:४१ बजे

कपिलवस्तु । कपिलवस्तुमा ग्यास सिलिण्डर विष्फोट भई आगलागी हुँदा दाजु–बहिनीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना पकाउने क्रममा जलेर दाजु–बहिनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

ग्यास विष्फोटपछि आगलागीमा परी २४ वर्षीय शिवकुमार यादव र उनकी १८ वर्षीया बहिनी सोनाम यादवको मृत्यु भएको हो । कपिलवस्तुका एसपी निरन्जन दत्त भट्टका अनुसार खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको हो । 

आगोमा जलेर गम्भीर घाइते दाजु–बहिनीलाई उपचारका लागि राति नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । उपचारकै क्रममा सोनमको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँ उपचार सम्भव नभएपछि शिव कुमारलाई थप उपचारका लागि भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुवैको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७