गुणाकर भट्टको राजीनामा अस्वीकृत, पौडेलले यसरी फकाए


२०८२ जेठ ११ आइतबार २१:१२ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टको राजीनामा अस्वीकृत भएको छ । गभर्नर विश्वनाथ पौडेलले भट्टको राजीनामा अस्वीकृत गरेर उनलाई पुनः जिम्मेवारीमा फर्काएका हुन् । नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले राजीनामा दिएर बसेका भट्टलाई कार्यालय फर्किन फकाएका छन् ।

भट्टलाई गभर्नर कार्यालको जिम्मेवारी दिइएको छ । यसअघि अनुसन्धान विभागमा रहेका भट्टलाई पौडेलले गभर्नरको कार्यालय ल्याएपछि रिक्त रहेको अनुसन्धान विभागमाको नेतृत्व डा. रामशरण खरेललाई दिइएको छ । यसअघि मानव संशाधन विभागमा रहेका खरेललाई अनुसन्धान ल्याएपछि खाली भएको विभागको जिम्मेवारी कार्यकारी निर्देशक विश्रुत थापालाई दिइएको छ ।

राष्ट्र बैंकले भट्टलाई नयाँ जिम्मेवारी दिएको र भट्ट काम विशेषले बाहिर रहेकोले दुुई–चार दिनमै उनले आफ्नो जिम्मेवारी बहन गर्न आउने पनि राष्ट्र बैंकले जानकारी दिएको छ। नेपाली कांग्रेसले गभर्नर बनाउने आश्वासन दिएपछि भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर कामु गभर्नर नीलम ढुंगाना तिम्सिनाले भट्टको राजीनामा स्वीकृत गर्न मानिनन् । प्रतिस्पर्धी रोक्ने नियतले नीलमले भट्टको राजीनामा पूर्णगभर्नर आएपछि मात्रै निर्णय हुने बताउँदै आएकी थिइन् ।
नीलमले राजीनामा स्वीकृत नगरेपछि गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका डा. विश्व पौडेललाई सरकारले गभर्नर सिफारिस गरिसकेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७