राजधानी किभमै भीषण आक्रमण भएपछि युक्रेनले भन्यो–रुस युद्ध लम्ब्याउने काम गर्दैछ

काठमाडौं । रुसले युक्रेनका धेरै ठाउँमा हवाई आक्रमण गरेको र त्यसमा कम्तीमा १३ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । साथै हमलामा ५६ जना घाइते भएको उनीहरूले जानकारी दिएका छन् । युक्रेनको वायुसेनाले रुसले देशको राजधानी किभमा २५० ड्रोन र १४ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
आक्रमणका कारण धेरैवटा आवासीय भवनमा आगलागी भएको बताइएको छ । रुसी आक्रमणपछि धेरै आवासीय भवनहरूमा आगलागी भएको रिपोर्ट पनि आएको छ । रुसी आक्रमणपछि धेरै आवासीय भवनहरूमा आगलागी भएको रिपोर्ट पनि आएको छ ।
रुसको हवाई आक्रमणमा परी राजधानी किभमा मात्र १४ जना घाइते भएको युक्रेनी वायु सेनाले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘यस्ता हरेक आक्रमणबाट विश्व अझ प्रष्ट हुँदै छ–युद्ध लम्ब्याउने काम मस्को (रुस) ले गरिरहेको छ ।’