सुवेदी र ढकालको इजलासमा रवि र छविको मुद्दा, आजै आदेशको सम्भावना


२०८२ जेठ ८ बिहीबार १५:५९ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाई हुने भएको छ । उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ । न्यायाधीशद्वय डा. सुवेदी र ढकालको इजलासमा रास्वपा सभापति लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको निवेदन मात्र परेका छन् ।

मंगलबार रवि लामिछानेका तर्फबाट १० जना वकिलले बहस गरेका थिए । त्यसमध्ये अन्तिममा बहस गरेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको बहस अझै बाँकी छ । करिब आधा घण्टा रमनले बहस गरेपछि सरकारी पक्षले बहस गर्ने रविका वकिलहरूले जानकारी दिएका छन् । रविको बन्दी प्रत्यक्षीकरणसहित रवि र छविका ७३ नम्बर निवेदनमा आजै आदेश हुने अपेक्षा रहेको रविका वकिलहरूको भनाइ छ ।

०७३ नम्बर निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश भएलगत्तै रविका तर्फबाट श्रीमती निकिता पौडेलल बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । साथै, लामिछानेलाई थुनामा राख्ने उच्च अदालत, तुलसीपुर (बुटवल इजलास) को आदेशउपर परेको निवेदनमा पनि सँगै सुनुवाई हुन लागेको छ । सो इजलासमा एउटै मात्र मुद्दा छ । सुनुवाई सकेर आजै आदेश आउने सम्भावना छ । 

सहकारीमा आफ्नो कुनै सम्बन्ध नै नभएको र गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक भएकै आधारमा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको आरोप लामिछानले लगाउँदै आएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतको आदेशमा एक करोड धरौटीसहित रिहा भएका रवि उच्च अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । सोही प्रकरणमा छवि भने जिल्ला अदालतकै आदेशबाट पुर्पक्षका लागि थुनामा छन् । उनले पनि उच्च अदालतमा हालेको ७३ नम्बर निवेदनमा उच्च अदालतले जिल्लाको आदेशलाई निरन्तरता दिने आदेश गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७