देउवाले बोलाए शीर्ष नेताहरूको बैठक


२०८२ जेठ ८ बिहीबार २२:२२ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । आज अपरान्ह ४ बजे देउवा निवास बूढानीलकण्ठमै बैठक बोलाइएको हो । बैठकमा भ्रातृ संस्थाको महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि देउवाले आज महामन्त्री गगन थापासँग छलफल गरेका थिए । बैठकमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिलाई खारेज गर्ने कि फेरि म्याद थप्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। ‘आज (बिहीबार) सभापतिले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग सरसल्लाह गर्दै हुनुहुन्छ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘आज औपचारिक पदाधिकारी बैठक भने होइन ।’ बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा हुने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७