सहकारी ठगीमा अदालतबाट दोषी ठहर अर्याल पक्राउ


२०८२ जेठ ८ बिहीबार १७:३३ बजे

काठमाडौं । सहकारी ठगीमा दोषी ठहर भएका कृष्ण अर्याल पक्राउ परेका छन्। काठमाडौंको सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर ठगी गरेको आरोपमा उनी काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका थिए।

सहकारीले वर्षौसम्म पटक–पटक ऋण तिर्न लिखित एवं मौखिक आग्रह गर्दा पनि उनले साँवा र ब्याज भुक्तानी नगरेपछि २०७९ पुस ४ गते दिगो पर्यटन सहकारी सस्थाले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतले २०८० असार २७ गते ऋणी अर्यालको नाममा रकम भुक्तानी गर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि उनी रकम फिर्ता नगरी फरार भएका थिए । अब उनलाई अदालतको आदेश बमोजिम थुनामा पठाइनेछ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७